Wednesday, March 23, 2016

म तिमीलाई सम्झिबस्छु

म तिमीलाई सम्झिबस्छु
कतै तिमी येक्लाई छौकि भनी,
सपनी तिम्रो देखने गर्छु
कतै मिलन हुन्छ की भनी,
साँझ को बेला आकाश माँ हेरी टोलाई बस्छु
कतै जून संगै देखिंचौ की भनी,
सत्य येही हो की म तिमीलाई प्रेम गर्छु
र सायद तिमीले पनी ।……..

खुशी मैले माथि ठेल्न सकिन ।

खुशी मैले माथि ठेल्न सकिन ।
पिढा मैले एक्लै पेल्न सकिन ।।
आगो जस्तै बल्दै आँफै जलेर ।
खरानी मा कैले खेल्न सकिन ।।
संघर्स नै जीवन भन्थ्ये सबैले ।
आज भाग्य मैले बेल्न सकिन ।।
सबै भन्दा ठुलो मनै हुँ घरको ।
घाम पानी केही छेल्न सकिन ।।
मर्छु क्यारे अब त्यासै चाडै नै ।
दु:ख पेवा भयो झेल्न सकिन ।।
खुशी मैले माथि ठेल्न सकिन ।
पिढा मैले एक्लै पेल्न सकिन ।।

.”गरिब को पिडा”

.”गरिब को पिडा” मिरमिरे बिहानि नहुदै,विउँझिनछु अनि त्यो मिठो सपनाहरुलाइ समाल्छु,कहिले महल मा बस्छु त किहिले हवाईजहाजमा, हसिया हातमा लिइ नम्लो कम्मरमा बाधि जानछु घास् काट्न भनि,घासलिएर घर आउछु भाडामा खाना हेर्छु,भोकले मुर्छा पर्छु अनि लोलिएर त्यो पुस माघ को चिसो भुईमा वल्टिपल्टी गर्छु,………………………सुन्दर थापा सिन्धुवि हाल ईराक मा मजदुरि ………

कसम र बाचाबन्धन पेवा रै छ,तिम्रो मात्र… तिम्रा लागी माया-प्रेम त झुल्के घामको शीत रै छ… मलाई जस्तो नझुलाउनु अरुलाई पनि तिम्ले… मायाप्रेममा कसम खानु तिम्रो नित्य रीत रै छ… तिम्रो नित्य रीत रै छ ….

कसम र बाचाबन्धन पेवा रै छ,तिम्रो मात्र…
तिम्रा लागी माया-प्रेम त झुल्के घामको शीत रै छ…
मलाई जस्तो नझुलाउनु अरुलाई पनि तिम्ले…
मायाप्रेममा कसम खानु तिम्रो नित्य रीत रै छ…
तिम्रो नित्य रीत रै छ ….

फुल त केवल फुल्ने मात्र रहेछ,

फुल त केवल फुल्ने मात्र रहेछ,
साहारा दिने हाँगा रहेछ !!
,
आँसु त केवल झर्ने मात्र रहेछ.,
चोट सहने मटु रहेछ !!
,
मायाँ त केवल भन्ने मात्र रहेछ.,
दुखमा साथ दिने मित्र नै रहेछ!!
,
सम्झेर दुई चार शब्द बोल्नु,
बहुमुल्य उपहार रहेछ…!!!
हरि नारायण साह

मुटु भित्र पसी हेर

मुटु भित्र पसी हेर
प्रेम रंग धसी हेर
…
प्रिती को सागर बीच
एक पल्ट खसी हेर
स्वर्ग पुरै घुमाऊछु
मेरा साथ् बसी हेर
रंग दिने फुल हुँ म
भंवरा बनि दासी हेर
सातै जन्म संगै हुन्छु
थोरै सिन्दुर घसी हेर

Tuesday, March 22, 2016

Nisa Katwal

भावना केवल भावनामा मात्रै सिमित हुँदैनन् जँहा अनेकौ सपना र कल्पनाका लहरहरु सजाएका हुन्छन |
अरुको भावनामा खेलेर के नै पाउँछ र यहाँ मान्छे हरु कति स्वर्थी र निठुरी बन्दो रहेछन,,,
म मात्र ठुलो म मात्र खाऊ ,लाऊ .भन्ने जब सम्म प्रवित्ति मान्छे मा जब सम्म रहन्छ..
तब सम्म उसले अरु को सन्मान गर्न सिक्दैन ????/
नमस्कार मित्र ज्यु.. शुभ रात्री को शुन्दर सपिनी को कामना मिठो सम्झना….