Saturday, February 6, 2016


कसैलाई माया गर्नु भुल हाेइन रहेछ,माया गर्न नजान्नु भुल रहेछ।
याे मनले चाहेर पनि तिम्लाई,अाफ्नाे बनाउन नसक्नु भुल भएछ॥
मैले त माया गर्न जानिनछु प्रिय ,तिमिले नसिकाउनु भुल रहेछ।
तिमिलाई बिश्वास गरि बस्नु , अाज मेराे ठुलाे भुल भएछ॥॥॥

Mohan Says:
विश्वाश गर्नै गाह्रो हुने बनावटी कहानीको
पर्खाईमै बस्नु पर्ने रात कुर्दै बिहानीको
अतीत यो बल्झी दिन्छ नचाहेरै घरीघरी
भँवराझैं रस चुस्दै छाड्दै हिड्ने बेइमानीको..

tej tuphan Says:
अधुरो यात्रा रहेछ जीवन भिजेको
पानासरी सुकाई रहेछु ..
गन्तब्यहिन यात्री रहेछ जीवन ..
सपनिहरु लुकाइरहेछु ….
सपनाहरु तुहिसक्यो अब
भिरालो बाटोमा यात्रा गर्नुछ …
पिरव्यथा हरुले रुझ्यो जब
दोसाधमा यात्री बाच्नु न मर्नुछ..
थाकिसक्यो यो शरीर जलेर नस्ट हुन बाकी छ ..
राखिसक्यो यो आत्माहरु दैब मात्र
रुन बाकी छ ..
आसुको सागर रहेछ आखा अन्नत बगिरहने ..
संघर्सको कथा रहेछ जीवन निरन्तर चलिरहने ..


No comments:

Post a Comment