Saturday, February 6, 2016

Amish Kharel
बादल पनि कुना पस्यो नदि बन्यो निलो
नांगा नांगा डाँडा हरु कतै छैन हीलो
तातो तातो हावा चल्छ अजै तातो घाम
सकी नसकी गर्नु पर्छ अजै यहाँ काम
मरु भुमि खाडी मुलुक दुबई यसको नाम
डिल्ली प्रसाद खराल मैहु गर्छु यहाँ काम ..!!!

आँखामा कोरिएको अलिकति खुसी
हरेक साँझमा झर्ने आँसु भैदिएपछि
के लाऊ साइनो कठै तिमीलाई
जब याद नै आज आतित् भएपछि
बल्झिन्छ दुख्छ बल्झिन्छ
चसकिन्छ खाली छाति यो
मात्र एउटा न्युपारि
बगी रहन्छ आसु यो ....!!!
composer
डिल्ली प्रसाद खाराल

गुलाब को फूल सम्झन्थे जिन्दगी, सघर्षको मैदान रहेछ ,खुसियालीको बहार सम्झन्थे जिन्दगी,आशु नै आसु को भेल रहेछ !! मायाको फूलबारी सम्झन्थे जिन्दगी, उझाड बन पाखा को खाडा पो रहिछ, ईश्वरको बरदान सम्झन्थे जिन्दगी ,कहाली लाग्दो रात पो रहेछ???::::डिल्ली प्रसाद खराल ::::

अमर होइन हाम्रो जिबन
नसोच घाम र जून झैं
ढलनै पर्छ एकदिन सबैले
सुकेको रुख ढले झैं
डुब्दै छ जिबन यो दुखःको सागर मा
के नै पो अब होला र खै
तै पनि छोड्दैन लोभ ले कसैलाई
लगेर पो के जान्छन कोही !!
:::::::::::::::::::::::::::::::::
डिल्ली प्रसाद खराल
दुवैइ यु.य.इ ,

भगबान तिम्रो लीला अपरम्पार छ।
दुखीलाई नै दुख झन् बारम्बार छ।।

शंका लाग्छ पथ्थर नै हौकि तिमी ।
भक्तिभावको अनादर लगातार छ ।।

जहाँ जाउँ जसो गरु असफल हुन्छु।
जीत्छु भन्छु हार माथि हार छ ।।

भाग्य लेख्ने मसीनै लत्पतिए पछि ।
मैले हेर्ने संसार आज अंन्धकार छ।।

,..,,.,.,..,.,.,.,.,.,...,.,.,.,..,.,..,.

डिल्ली प्रसाद खराल


No comments:

Post a Comment