Sunday, July 10, 2016

Nisa Katwal
आगो झैँ सपना जल्यो भने…
माया को संसार दिन झैँ ढल्यो भने..
कहाँ पुग्ने होला हाम्रो जोडियको नाता…
भित्रि मन मा आधि बताश चल्यो भने ,,,,,
;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;

Wednesday, March 23, 2016

तिमि छैनौ साथमा तर हाँस्नै पर्ने फिका हाँसो!

तिमि छैनौ साथमा तर हाँस्नै पर्ने फिका हाँसो!
दुई थोपा आँसु जोगायरै,राखेको छु!!
तिम्लाई नासो,परदेशिनु, रहर होइन!
बाध्यताको लगाई पासो तड्पियर !
मुटु चल्दा जोडी ढुकुरलाई के को चासो!
धन,सम्पती हैन प्रीया सासै बोक्न गार्हो
भयोतिम्रो हाम्रो मिलन बिन्दु ढुंगा भन्दा सार्हो !
भयो हाँसो,खुशी तिम्रै नाममा पीडा बोकी बांचेको छु
अन्तिम सास तिम्रै काखमा छोड्नलाई साँचेको..!!!!…………………..alvin…………………

सिमसारमा सुन फल्छ चिसेनीमा चादी

सिमसारमा सुन फल्छ चिसेनीमा चादी
बाजो फोडन पसिना देउ आफ्नै धर्ती माथि (नबिन )
मेरा ह्र्दयस्पर्सी मित्रहरु आज म देश को मायाले हामी बिदेसियका युबा हरु श्रमको बारेमा केहि उलेख गर्न गै रहेछु जुन श्रम आफ्नै देश मा
बगाउन पाय राजनीतिक अस्तिरता सान्ति भय हामी विभिन्न देशमा छरियर बसेका युबा युवती ले आफ्नै देशमा कसरि श्रम गर्नु पर्छ र कति उन्नति गर्न सकिन्छ भन्ने
बारेमा कविताका मध्हेम बाट तपाई हरु सम्छ्य पस्कन गै रहेछु सुइकारी दिनु हुन्छ भन्ने आसा गर्दै यो नारायण काफ्ले सन्ध्या कालिन नमस्कार बिसाउछु
पसिनाको धाराले यहा नहर निकाल्न सकिन्छ साथी
झुपडीको अध्यारोमा दीप सल्काइ मुस्कान लेउन जाति
उन्न्तीका थुप्रै फडके हामीले तर्नुछ नेपाली धर्ति माथि
देश बनाउन हे युवा ! पौरख गर्नुछ फर्कौ अब आफ्नै धर्ति माथि
पौरखीका सन्तान हामी पौरख गरि बाचौ
झिलीमिली घरगाउ बनाइ त्यती बेला नाचौ
आजै मरे आशाहरु उन्न्ती नै हुन्न
पौरख गरौ आफ्नै देशमा संसारले छुन्न
फापर फलाउ लेकैमा तेललाई तोरी झारनुछ
देश बनाउन हे युवा ! पौरख गर्नुछ ।
सुनाखरी चमेली झै बासना मगमग
आट हिम्म्त के पो छिन् तिमी हामीसग
हिम्म्तले देश बनाउन कुटो उचालौ
माया प्रेमले भाइचाराको नाता बसालौ
लाने केही होईन तो ज्यान एक दिन मर्नुछ
देश बनाउन हे युवा ! पौरख गर्नुछ ।
परिश्रमी हातहरुको सोचाइ सगरमाथा
खुशी हुन्छिन पौरख गर्दा आफ्नै धर्तीमाता
जोडौ आजै पूर्व पस्चीम राजमार्ग खनी
उतर दक्षिण त्यसै छुन्छ सहनशिल बनी
धरै सन्तान धरै थरी एउटै पर्नुछ
देश बनाउन हे युवा ! पौरख गर्नुछ ।…..
हस त मित्र हरु अब बिदा हुन चहान्छु सुभ रात्री
NARAYAN KAFLE

निर्जल अभिवान क्षणिक बर्षात

निर्जल अभिवान क्षणिक बर्षात
छन्-छन् झरना कञ्चन गगन
मारूनी सेलो, झ्याउरे गाथा
ढाका टोपी,दौरा-सुरूवाल अनि
अटल सगरमाथा…………….
पहाड,मधेस-हिमाल र हरियाली डॉडापाखा
विरताको पवित्र जित यो धर्तीको आफ्नै कथा,,,
टिष्टा अनि काङ्गडा यहि देशका छोरा-छोरी
शेर्पा होस् या चेपाङ, मुसर सबै हामी वराबरी
लाली गुरास कॉडे भ्याकुर यो देशको धन राम्रो
यस् धर्तिको बिपतिले छैन,स्थिर मन हाम्रो
चन्र्द, सुर्य झण्डा हाम्रो यो माटोको रातो-निलो
सबै मिली एकताको गरऔ,,आजै हातेमालो

अन्धकारमा सन्सार रूदा

अन्धकारमा सन्सार रूदा
तिमी जुन हुन्छौ, भने
आगो भई, जलिदेउ……
खरानी भई उडिदिउला…!!
उजाडिदा मेरो बस्ती..
तिम्रो श्रृष्ट्रि फुल्छ, भने
नयन भिजाई झरिदेउ…
सागर भई बगिदिउला…!!
अमृत भई मैले बग्दा….
तिमी बिष हुन्छौ, भने…
गङ्गाजल भई बगिराख…
खहरे झै सुकिदिउला….!!-

म तिमीलाई सम्झिबस्छु

म तिमीलाई सम्झिबस्छु
कतै तिमी येक्लाई छौकि भनी,
सपनी तिम्रो देखने गर्छु
कतै मिलन हुन्छ की भनी,
साँझ को बेला आकाश माँ हेरी टोलाई बस्छु
कतै जून संगै देखिंचौ की भनी,
सत्य येही हो की म तिमीलाई प्रेम गर्छु
र सायद तिमीले पनी ।……..

खुशी मैले माथि ठेल्न सकिन ।

खुशी मैले माथि ठेल्न सकिन ।
पिढा मैले एक्लै पेल्न सकिन ।।
आगो जस्तै बल्दै आँफै जलेर ।
खरानी मा कैले खेल्न सकिन ।।
संघर्स नै जीवन भन्थ्ये सबैले ।
आज भाग्य मैले बेल्न सकिन ।।
सबै भन्दा ठुलो मनै हुँ घरको ।
घाम पानी केही छेल्न सकिन ।।
मर्छु क्यारे अब त्यासै चाडै नै ।
दु:ख पेवा भयो झेल्न सकिन ।।
खुशी मैले माथि ठेल्न सकिन ।
पिढा मैले एक्लै पेल्न सकिन ।।