Wednesday, March 23, 2016

निर्जल अभिवान क्षणिक बर्षात

निर्जल अभिवान क्षणिक बर्षात
छन्-छन् झरना कञ्चन गगन
मारूनी सेलो, झ्याउरे गाथा
ढाका टोपी,दौरा-सुरूवाल अनि
अटल सगरमाथा…………….
पहाड,मधेस-हिमाल र हरियाली डॉडापाखा
विरताको पवित्र जित यो धर्तीको आफ्नै कथा,,,
टिष्टा अनि काङ्गडा यहि देशका छोरा-छोरी
शेर्पा होस् या चेपाङ, मुसर सबै हामी वराबरी
लाली गुरास कॉडे भ्याकुर यो देशको धन राम्रो
यस् धर्तिको बिपतिले छैन,स्थिर मन हाम्रो
चन्र्द, सुर्य झण्डा हाम्रो यो माटोको रातो-निलो
सबै मिली एकताको गरऔ,,आजै हातेमालो

No comments:

Post a Comment