Wednesday, March 23, 2016

सिमसारमा सुन फल्छ चिसेनीमा चादी

सिमसारमा सुन फल्छ चिसेनीमा चादी
बाजो फोडन पसिना देउ आफ्नै धर्ती माथि (नबिन )
मेरा ह्र्दयस्पर्सी मित्रहरु आज म देश को मायाले हामी बिदेसियका युबा हरु श्रमको बारेमा केहि उलेख गर्न गै रहेछु जुन श्रम आफ्नै देश मा
बगाउन पाय राजनीतिक अस्तिरता सान्ति भय हामी विभिन्न देशमा छरियर बसेका युबा युवती ले आफ्नै देशमा कसरि श्रम गर्नु पर्छ र कति उन्नति गर्न सकिन्छ भन्ने
बारेमा कविताका मध्हेम बाट तपाई हरु सम्छ्य पस्कन गै रहेछु सुइकारी दिनु हुन्छ भन्ने आसा गर्दै यो नारायण काफ्ले सन्ध्या कालिन नमस्कार बिसाउछु
पसिनाको धाराले यहा नहर निकाल्न सकिन्छ साथी
झुपडीको अध्यारोमा दीप सल्काइ मुस्कान लेउन जाति
उन्न्तीका थुप्रै फडके हामीले तर्नुछ नेपाली धर्ति माथि
देश बनाउन हे युवा ! पौरख गर्नुछ फर्कौ अब आफ्नै धर्ति माथि
पौरखीका सन्तान हामी पौरख गरि बाचौ
झिलीमिली घरगाउ बनाइ त्यती बेला नाचौ
आजै मरे आशाहरु उन्न्ती नै हुन्न
पौरख गरौ आफ्नै देशमा संसारले छुन्न
फापर फलाउ लेकैमा तेललाई तोरी झारनुछ
देश बनाउन हे युवा ! पौरख गर्नुछ ।
सुनाखरी चमेली झै बासना मगमग
आट हिम्म्त के पो छिन् तिमी हामीसग
हिम्म्तले देश बनाउन कुटो उचालौ
माया प्रेमले भाइचाराको नाता बसालौ
लाने केही होईन तो ज्यान एक दिन मर्नुछ
देश बनाउन हे युवा ! पौरख गर्नुछ ।
परिश्रमी हातहरुको सोचाइ सगरमाथा
खुशी हुन्छिन पौरख गर्दा आफ्नै धर्तीमाता
जोडौ आजै पूर्व पस्चीम राजमार्ग खनी
उतर दक्षिण त्यसै छुन्छ सहनशिल बनी
धरै सन्तान धरै थरी एउटै पर्नुछ
देश बनाउन हे युवा ! पौरख गर्नुछ ।…..
हस त मित्र हरु अब बिदा हुन चहान्छु सुभ रात्री
NARAYAN KAFLE

No comments:

Post a Comment